कालीकोट — नेकपा एमाले कालीकोटमा ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियाले जिल्लामा ठूलो विवाद सिर्जना गरेको छ। नेतादेखि कार्यकर्तासम्म असन्तुष्ट बनेपछि पार्टीभित्रको आन्तरिक कलह बाहिर आएको छ।होटलमा एकलौटी निर्णयको आरोप
युवा नेता वकिल वमका अनुसार जिल्ला इन्चार्ज नगेन्द्र शाही र जिल्ला अध्यक्ष तुलाराज मल्लले विधानअनुसारको प्रक्रिया बेवास्ता गर्दै आफूनजिकका मानिसहरूको मात्र नाम सार्वजनिक गरेका आरोप लगाएका छन्।नेकपा एमाले विधि विधानले चल्ने पार्टी हो कुनै अनुहार हेरेर चल्ने पार्टी होइन वमले भन्छन्, “५१ प्रतिशत सदस्यको सहभागितामा निर्णय हुनुपर्छ, तर कालीकोटमा कुनै बैठक, भेला वा छलफल नै भएन। सामाजिक सञ्जालमार्फत प्रतिनिधिको नाम प्रकाशित गरिएको छ । यो नाम प्रकाशित गरेको सुचना पार्टी कार्यालमा समेत टास गरिएको छैन ।
पार्टी सचिव पुष्पराज आचार्यको प्रतिक्रिया
पार्टी अध्यक्ष तुलाराज मल्ललाई सम्पर्क गर्न खोज्दा फोन अफ रहेपछि, पार्टी सचिव पुष्पराज आचार्यसँग जानकारी लिइएको थियो। आचार्यका अनुसार, “प्रतिनिधि पठाउने पर्ने संख्या ८ छन्, पालिका ९ भए पछि सवै लाई प्रतिनिधि वनाएर पठाउन सकिएन सवैको मन वुझाउन कहा सकिने रहेछ आकांक्षा धेरैका जानन पर्ने संख्या कम भए पछि यस्तो समस्या आएको समेत वताए।प्रत्येक पालिकाबाट १ प्रतिनिधि चयन गरिएको छ। जिल्ला पार्टीले निर्णय गरेको आधारमा प्रतिनिधि छनोट गरिएको वताए।छनोट भएका प्रतिनिधिहरू खाडाचक्र नगरपालिका तुलाराज मल्ल,तिलागुफा नगरपालिका तपेन्द्र बहादुर शाही,महावै गाउँपालिका शुभद्वा सिंह,शुभकालिका गाउँपालिका कुर्मराज शाही,नगरहरिनाथ गाउँपालिका प्रविन बोगटी,शान्ति त्रिवेणी गाउँपालिका व्यासी तिरुवा,रास्कोट नगरपालिका दयाराम सिम्खाडा,पलाता गाउँपालिका जलशा वुढा चयन भएका छन्।
निवर्तमान जिल्ला अध्यक्ष जसी प्रसाद पाण्डे र कार्यकर्ताको असन्तुष्टि
निवर्तमान जिल्ला अध्यक्ष निवर्तमान खाडाचक्र नगर प्रमुख ,कर्णाली प्रदेश कमिटी सदस्य अध्यक्ष जसीप्रसाद पाण्डेले सामाजिक सञ्जालमार्फत यस्तो आपत्ति जवाउनुवभएको छ।
उनले भने, “उम्मेदवार बन्न नसकेकोमा गुनासो छैन। तर छलफल र सामूहिकता छाडेर सूची सार्वजनिक गर्नु पार्टीको बल घटाउने काम हो।”
त्यस्तै कर्णाली प्रदेश कमिटी सदस्य , सान्नीत्रिवेणी गाउॅंपालीका उपाध्यक्ष पार्वती सिंह संज्यालले पनि पहुँच हुने व्यक्तिलाई मात्र प्रतिनिधि बनाउने प्रवृत्ति बढेको भन्दै, कार्यकर्ताको मनोबल गिर्ने चेतावनी दिइन्।
‘६० हजारमा प्रतिनिधि’ आरोप
नेकपा एमाले कालिकोट जिल्लामा सुचना प्रविधि(आइटी) मा काम गरिरहेका यूवा नेता विनोद खड्काले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्
“६० हजारमा प्रतिनिधि बनाइयो, जिल्लामा प्रतिनिधि छनोटमा किनबेच गरे।उनका अनुसार यस्तो कार्यले संगठनमा नैतिक संकट बढाएको छ।
कालीकोट एमालेमा प्रतिनिधि छनोट विवाद चुलिँदा स्थानीय राजनीति मात्र होइन, प्रदेश र संघीय चुनावमा पनि यसको असर पर्ने देखिन्छ। पारदर्शिता र प्रक्रिया पालनाको माग गर्दै कार्यकर्ताहरूले नेतृत्वलाई दबाब दिएका छन्।

दियो खबर । १५ मंसिर २०८२, सोमबार ०९:०२