अपडेट

कर्मचारी मिलन केन्द्र कालीकोटमा नयाँ नेतृत्व अध्यक्ष अविराज, सचिव पुनम

कालीकोट — कर्मचारी मिलन केन्द्र कालीकोटको वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मतरूपमा चयन गरेको छ।

नव–निर्वाचित पदाधिकारीहरू अध्यक्ष अविराज शाही,उपाध्यक्ष धनबहादुर महतारा,सचिव पुनम बिश्वकर्मा,सह–सचिव रिता कुमारी पाण्डे,कोषाध्यक्ष हरिहर भट्टराई,सदस्यहरू निर्मल विष्ट, शक्ति सुनार, उपेन्द्र कुमार योगी, नविन भण्डारा, लालबहादुर शाही, मोर्चा शाही, बसन्ती कुमारी आचार्य, राजन अधिकारी लगाएत सर्वसम्मत निर्वाचित भएका हुन्।

संगठनको वार्षिक प्रतिवेदन र आर्थिक विवरण अनुमोदन गर्दै कर्मचारीको हक–हित, सेवा सहजिकरण तथा संगठन सुदृढीकरणसम्बन्धी गतिविधि प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरेको थियो।

नयाँ नेतृत्वले कर्मचारीहरूको पेशागत विकास, आपसी सहकार्य र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया