कालीकोट/खाँडाचक्र नगरपालिकामा एमाले परित्याग गर्ने क्रम जारी छ। यहीक्रममा खाँडाचक्र नगरकमिटीका सचिवालय सदस्य जीवन बहादुर शाहीसहितका नेता–कार्यकर्ताले सोमबार एमाले छाड्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
प्रवेश कार्यक्रम नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला सभापति अम्मबहादुर शाहीसहित अन्य नेताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको युवानेता लक्ष्मण कुमार शाहीले जानकारी दिए।
स्थानीय राजनीतिक वातावरणमा आएको परिवर्तनसँगै खाँडाचक्र क्षेत्रमा कांग्रेसतर्फ आकर्षित हुनेहरूको संख्या पछिल्लो समय थप बढ्दै गएको देखिएको छ

दियो खबर । १ मंसिर २०८२, सोमबार ११:३०