अपडेट

कालीकोट लोकगीत प्रतिष्ठानको नेतृत्वमा सञ्ज्याल–देवकोटा–सिंह

    तस्विरः इब्सल सञ्ज्याल,विपना सिंह,यशोदा देवकोटा

कालीकोट – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कालीकोटले आफ्नो चौथो वार्षिक सभा र दोस्रो जिल्ला अधिवेशन सम्पन्न गर्दै इब्सल सञ्ज्याललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। उनी संस्थाको पहिलो महिला अध्यक्ष हुन्।

नयाँ कार्यसमितिमा उपाध्यक्ष दिवेश शाही, महिला उपाध्यक्ष यशोदा देवकोटा, कोषाध्यक्ष विपना सिंह, सचिव पदमराज न्यौपाने, सह-कोषाध्यक्ष अस्मिता बिष्ट, र सहसचिव दिलीप चौलागाईं रहेका छन्।

यस्तै सदस्यमा मिमबहादुर शाही, सन्तोष न्यौपाने, गंगा बम, वर्षा बराल, विनिता विश्वकर्मा र भिम बिक रहेका छन् ।कार्यसमितिमा निवर्तमान अध्यक्ष, खगेन्द्र प्रसाद न्यौपाने, बिनोद कुमार न्यौपाने, केन्द्रीय प्रतिनिधि महेन्द्रबहादुर शाही, निवर्तमान सहसचिव ललित विश्वकर्मालगायतका कलाकार रहनेछन् ।उद्घाटन समारोहमा तिलागुफा नगरप्रमुख शंकर प्रसाद उपाध्याय,रास्कोट नगरपालीका नगरप्रमुख धर्मराज शाही, नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्ट, तिलागुफा नगरपालीका उपप्रमुख महेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका यूवा नेता भूपेन्द्रजंग शाही, नेपाली कम्युनिष्ट पार्टी कालिकोटका यूवा नेता द्वय: डम्बर बहादुर शाही र चित्रसिंह गाउँले, र नेकपा एमाले कालिकोट जिल्ला सचिव पुष्पराज आचार्यको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया