रास्कोट नगरपालिका LISA मूल्याङ्कनमा कर्णाली प्रदेशमा दोस्रो, कालिकोटमा पहिलो

कालिकोट /जिल्लाको रास्कोट नगरपालिकाले संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा कर्णाली प्रदेशभर दोस्रो स्थान र जिल्लामा पहिलो स्थान हासिल गरेको छ। यस सफलताले रास्कोट नगरपालिका प्रशासनको समर्पण र निरन्तर मेहनतलाई प्रमाणित गरेको छ।

नगर प्रमुख धर्मराज शाहीले यो सफलता सम्पूर्ण नगरवासीहरूको योगदान र नगर प्रशासनको दृढ संकल्पको परिणाम भएको बताउँदै भने, “हाम्रो निरन्तर प्रयास र सबैको सक्रिय सहभागिताले यो सफलता सम्भव बनाएको हो। यो मापदण्डसँगै हामी भविष्यमा थप प्रगति गर्नेछौं।”

उप-प्रमुख मनिराज बरालले पनि प्रतिक्रिया दिँदै भने, “यस उपलब्धिले रास्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखा प्रमुखहरू, सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूको समर्पण र कडा मेहनतलाई सम्मानित गरेको छ। हामी सबै मिलेर अझ प्रभावकारी सेवा र समृद्धिको लागि अघि बढ्नेछौं।”
रास्कोट नगरपालिकाले आगामी दिनहरूमा शहरी विकास, शैक्षिक सुधार र सामाजिक समावेशीतामा थप योगदान पुर्याउने लक्ष्य राखेको छ।

तपाईको प्रतिक्रिया