हस्त बहादुर शाहीको नेतृत्वमा कर्मचारी संगठनको नयाँ समिति गठन

काठमाडौं – नेपाल निजामती कर्मचारी संगठनको उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले हस्त बहादुर शाहीको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा विदुर भण्डारी र गंगा केशी, सचिवमा निसिन्द्र राज नेपाली, सहसचिवमा तेजेन्द्र यादव, तथा लेखा परीक्षण आयोगको संयोजकमा हरिकृष्ण फुयाल चयन भएका छन्।
उद्घाटन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरू सुशासन, पारदर्शिता र जबाफदेहिताप्रति प्रतिबद्ध हुनुपर्ने बताए। उनले अनलाइन प्रणालीलाई पूर्ण रूपमा लागू गर्नुपर्नेमा जोड दिँदै भने, “अब लाइन होइन, अनलाइन प्रणालीमा काम गर्नुपर्छ।”

उनले केही कर्मचारी व्यक्तिगत स्वार्थका लागि संगठनमा आबद्ध हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। साथै, संगठनको मर्म, भावना, मूल्य र सिद्धान्तअनुसार अघि बढ्न आग्रह गरे।

तपाईको प्रतिक्रिया