सुर्खेत /कर्णाली प्रदेश सरकारले ९ औं स्थापना दिवसको अवसरमा कालीकोट जिल्लालाई नै आफ्नो कार्यक्षेत्र बनाएर विगत दुई दशकदेखि निरन्तर पत्रकारिता गर्दै आउनुभएका कालीकोटका वरिष्ठ पत्रकार तुलाराम पाण्डे प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
पत्रकारितामार्फत कर्णालीको विकास र समृद्धिमा योगदान पुर्याएको भन्दै उहाँलाई पुरस्कृत गरिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानाएको छ । पत्रकार पाण्डेलाई ५० हजार नगद र प्रमाणपत्रसहित कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सम्मान गर्नुभयो । पाण्डे २५ वर्षदेखि विकट कर्णाली प्रदेशको कालीकोट जिल्लामा रहेर पत्रकारिता गर्दै आउनु भएको छ ।
प्रदेश सरकारले हरेक वर्ष कर्णालीको विषयमा कलम चलाउने तीन जना पत्रकारलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्दै आएको छ । यो वर्ष कान्तिपुरकर्मी तुलाराम पाण्डे, सँगै पत्रकार यज्ञ खत्री र राजेन्द्र कार्की पनि पुरस्कृत हुनुभएको छ ।
पत्रकार पाण्डे प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत
तपाईको प्रतिक्रिया
दियो खबर । ४ भाद्र २०८१, मंगलवार १८:२२