सुर्खेत/नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको हो।कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टका अनुसार सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कांग्रेसले लिनेछ।
मन्त्रीहरूको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइएको विष्टले जानकारी दिए।
दियो खबर । १८ श्रावण २०८१, शुक्रबार १४:१३