काठमाडौँ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पदाधिकारीमा महिलाको संख्या वृद्धि गर्नुपर्ने विषय उठाउने बताएकी छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेस पदाधिकारीमा सहमहामन्त्रीमा मात्र महिला आरक्षण रहेको भन्दै उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति असन्तुष्टि जनाइन्।
खाली किन एउटा सहमहामन्त्री मात्रै महिला, उपसभापति, महामन्त्री किन छैन?अरु पोस्टमा पनि महिला हुनसक्छ नि। अहिले विभागहरु बनिरहेको छ, त्यसमा पनि ३३ प्रतिशत महिलाकै नेतृत्व हुनुपर्छ। खाली मेम्बर मात्रै हुने। हामी भोट मात्रै हाल्ने? हाम्रो आवाज सुन्नु परेन?’, उनले प्रश्न गरिन्।
केन्द्रीय सदस्य देउवाले ३३ प्रतिशत निर्वाचन क्षेत्रमा महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउनैपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताइन्। ‘सबै पार्टीका महिलासँग कुरा गरी रणनीति बनाएर ३३ प्रतिशत महिलाको डाइरेक्ट इलेक्सन लड्ने ठाउँ अब बनाउनै पर्छ’, उनले भनिन्।
दियो खबर । १४ मंसिर २०८०, बिहीबार १९:०६