माओवादी-नेसपाबीच पार्टी एकता अन्तिम चरणमा

काठमाडौं। नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको वार्ता समितिले प्रचण्ड र बाबुराम भट्टराईकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन सुझाएको छ।

नेपाल समाजवादी पार्टी (नेसपा) ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक काठमाडौंमा बोलाएको छ। भट्टराईले वार्ता कमिटी भंग गर्ने योजनाका साथ बैठक बोलाएपछि दुवै दलको वार्ता टोलीको बैठक आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको थियो।

बैठकले अध्यक्षहरुकै नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिएको छ। नेसपाका वार्ता टोली संयोजक एवं पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ भन्छन्, ‘हामीले दुवै पार्टीलाई अध्यक्षकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन र त्यहीं वैचारिक र नीतिगत विषयहरुमा छलफल गरेर टुंग्याउन सुझाएका छौं।’

तपाईको प्रतिक्रिया