महिला शसक्तिकरण मञ्च दैलेखद्धारा कालिकोटमा चेतनामूलक सडक नाटक प्रदर्शन

२ असोज, कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका-३ ताडीमा हरितालिका तीजको अबसरमा महिलामाथि हुने विभिन्न प्रकारका घटनालाई समाबेश गर्दै सडक नाटक प्रदर्शन गरिएको छ ।

महिला सशक्तीकरण मञ्च नेपाल दैलेखको आयोजना, यूएनडीपीको सहयोग तथा खाँडाचक्र नगरपालिकाको समन्वयमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो ।

सडक नाटक कार्यक्रममा किसोर महत, सुरेश शाही, पुर्णीमा शाही, यत्रिका शाही, विद्या पाण्डे, यज्ञराज विश्वकर्मा, उमेश विश्वकर्मा, किशोर विश्वकर्मा, उर्मिला शाही, सिर्जना विश्वकर्मा, लगायतकाे कलाकार टाेलि रहेको थियाे ।

वर्तमान समयमा हाम्रो समाजमा मौलाइरहेको हिंसा, छाउपडि प्रथा तथा वालविवाह जस्ता अपराधका घटनाहरुलाई मध्यनजर गर्दै विभिन्न चरणका सन्देश मुलक क्रियाकपापहरु प्रस्तुत गर्दै आएकाे महिला शसक्तिकरण मञ्च नेपाल दैलेखकि कानुनी सहजकर्ता चन्द्रा पाण्डेले बताउनु भएकाे छ ।

तपाईको प्रतिक्रिया