काँक्रेविहारका संरक्षित जरायो मारेको आरोपमा पाँच जना पक्राउ

सुर्खेत – काँक्रेविहार वन क्षेत्र संरक्षित जंगल हो । संरक्षित जंगलमा रहेका वन्य जन्तुलाई क्षती पुर्याउन थालेपछि जरायोदेखि अन्य जनावरहरु लोप हुदै गएका छन् ।

बुधबार मात्रै काँक्रेविहार वन क्षेत्रका संरक्षित जरायो मारेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

प्रहरिले पक्राउ वीरेन्द्रनगर–१० नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा गरेकाे हाे ।

जरायो मारेर भाग लगाइरहेको गोप्य सूचना पाएपछि प्रहरी बुधबार विहान ३ बजे घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अनुसन्धानका क्रममा पहिलो चरणमा पाँच जना पक्राउ गरेको र घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता देखिएकाले पक्राउका लागि प्रहरी खटाइएकाे छ ।

घटना प्रभावित हुने भएकाले पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।

घटनास्थलबाट जरायोको मासुसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया