शुभकालिका गाउँपालिका उपाध्यक्षद्धारा लेखा शाखामा तालाबन्दि

कालिकोट- असारमसान्तको समय सकियसँगै उपभोक्ताले भुक्तानी नपाएको र गाउँपालिकामा भएका विभिन्न अनियमितताका बिषयमा न्यायिक समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष धर्मकला शाहिद्धारा श्रेस्ता हेर्न नदिएको भन्दै शुभकालिका गाउँपालिकाको लेखा शाखामा तालाबन्दी गरिएको छ ।

अनुगमन समिति संयोजकलाई भुक्तानी प्रक्रिया तथा उपभोक्ताका कागजात हेर्न खोज्दा लेखापाल नन्दबहादुर शाहीले लेखाका कागजात हेर्ने अधिकार छैन भन्दै धम्कि दिएपछि लेखा शाखामा ताला बन्दी गरिएको गाउपालिका उपाध्यक्ष धर्मकला शाहीले बताएकि छन् ।

गाडि मर्मत ,इन्धन खर्च ,भ्रमण खर्च ,दर्ता बिनाभुक्तानी ,कोपिला स्हार केन्द्रको लागि ११ लाखको समान खरिद भनेको तर रातिको १०ः११ बजे ३० लाखको भुक्तानी दिएको लगायत अन्य भुक्तानी सम्बन्धिका कागजात हेर्न खोज्दा नदियपछि उपाध्यक्षले तालाबन्दी गरेकाे स्राेत खुलेकाे छ ।

 

तपाईको प्रतिक्रिया