भूमि सम्बन्धि समस्या समाधानमा सबै अग्रसर बनौं अध्यक्ष सिंह

कालिकोट /नेपाल सरकार राष्ट्रिय भूमि आयोग जिल्ला समिति कालिकोटका अध्यक्ष चित्रबहादुर सिंहले जिल्लाको भूमि सम्बन्धि समस्या समाधान गर्न सबैले अग्रसरता देखाउन जरुरी रहेको धारणा राख्नु भएको छ ।
शुक्रबारदेखि सदरमुकाम मान्ममा सञ्चालन भैरहेको चौंथो जिल्ला सभामा सम्बोधन गर्दै अध्यक्ष गाउँलेले सो धारणा राख्नु भएको हो ।
उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न राजनीतिक दलहरु समेतको सहभागिता रहेका स्थानीय स्तरका सहजिकरण समिति सक्रिय पारी अर्को जिल्ला सभा हुँदा पुर्जा वितरण सम्बन्धि प्रगति समेत ल्याएर आउन स्थानीय तहहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।
जग्गाको पुर्जा वितरण गर्न पाइन्छ भन्ने नाउँमा भूमि आयोगले सरकारी जग्गा जथाभावी रुपमा व्यक्तिलाई बाँढ्ने अधिकार नरहेको भन्दै अध्यक्ष गाउँले सजगताको नाममा वर्षौंदेखि कमोद गर्दै आएर समस्यामै रहेका व्यक्तिहरुलाई लामो समयसम्म तड्पाउन नहुनेमा जोड दिनु भयो ।
कालिकोटमा राष्ट्रिय भूमि आयोगले ९ वटै स्थानीय तहहरु सँग कार्य समझदारी गरेर आयोगका गतिबिधिहरु अघि बढाइरहेको उहाँको भनाई थियो । आयोग अध्यक्ष गाउँलेले आफू सामाजिक अभियन्ता समेत भएको कारण जिल्ला तथा गाउँ नगर स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति सक्रिय बनाई पूर्ण सरसफाई अभियान तिब्र गतिमा अघि बढाउनुपर्ने उहाँको सुझाव थियो ।

तपाईको प्रतिक्रिया