स्वतन्त्र उम्मेद्वारी दिने तयारीमा सामाजिक अभियान्ता:शाही

कालिकोट / जिल्लाका समाजसेवी,लोकप्रिय युवा नेता जजराज शाहीले स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत शाहीले स्वतन्त्र उम्मेद्वारी दिने बताएका हुन् । सामाजिक न्यायकालागि उम्मेदवारी दिने बताएपनि कुन प्रदेश मा दिने वा प्रतिनिधि सभामा दिने भन्ने यकिन भने भइसकेको छैन् । कालिकोटबाट प्रदेश सभा (क) वा प्रतिनिधि सभामा नागरिकको प्रतिनिधित्व हुनेगरी स्वतन्त्र उम्मेद्वारी दिने उनले बताएका छन् ।
पूर्ण स्वतन्त्रता, लोकतान्त्रिक अभ्यासका साथै आम जिल्लाबासी नागरिक प्रतिको दायित्व बोध वा कर्तव्यबोधका लागि उम्मेद्वारीमा अगाडी बढिने शाहीले सामाजिक सञ्जालमा लेखेका छन् । विद्यार्थी काल देखि नै सक्रिय राजनीति गर्दै आएका शाही अहिले समाज सेवामा लागेका छन् ।नेपालको राजनीति र कालिकोट जिल्लाको विकास गर्न अनुभव भएका शाहीले  २०७२ सालको भुकम्पमा,२०७७/०७८ सालमा विश्व महामारी रुपमा फैलिएको कोभिड-१९ र प्राकृतिक रुमा विपद्  भएको ठाउँमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देशका विभिन्न जिल्लाहरुमा राहत वितरणका काम सहित उद्धारका काम समेत गरेका थिए । कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा विगतका दिनदेखि हाल सम्म स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न विकास निर्माणका कामहरु गदै नागरिकहरुको हौसला समेत पाएका छन् ।
मंसिर ४ गते चुनाव लड्ने तयारी गरेको र आम नागरिकले विश्वास गर्ने शाहीले बताए । विभिन्न पार्टीहरुले अनेकौ नारा लगाउदै विकास निर्माण गर्छौ भनेर एउटै विकास क्षेत्रलाई चुनावी भोट बैंकका हिसाबमा लिएकाले अब सबै नागरिकहरुले सोच्नु पर्ने बेला आएको उनको भनाई छ ।
अहिले देश भर स्वतन्त्र उम्मेदवारहरुको चर्चापरिचर्चा चलिरहेको छ।कालिकोट को मुहार फेर्न एक पटक स्वतन्त्र उम्मेदवार भएर कामगर्ने इच्छाशक्ति भएकाले उम्मेदवारी दिने मन शाय बनाएको शाहीले बताए ।

तपाईको प्रतिक्रिया